राराको मुर्मा गाउँ सिमि जोन घोषणा

मुर्मा गाउँ

मुगु जिल्लाको प्राकृतिक रुपमा अनुपम उपहार मानिने नेपालको सबैभन्दा ठुलो ताल रारा नजिकको एकमात्र पर्यटकिय सम्भावना वोकेको गाउँ मुर्मा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्र्तगत सिमि जोन घोषण भएको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्र्तगत सिमि जोन मुगुका प्रमुख राम दारेश रायले वताए । मुर्मा मुगु जिल्लाकै सबै भन्दा बढि सिमि फल्ने गाउँ हो । जम्मा ७५ घर धुरी रहेको मुर्मा गाउँ समुन्द्रि सतहवाट २८०० देखि ३८०० मिटरको उचाईमा रहेको छ । मुर्मामा अन्य उत्पादन : जौ, गहँु, आलु, फापर, मिमि, मसुरो, केराउ, स्याउ, मह, जस्ता विभिन्न किसिमका तरकारी उत्पादन हुने गर्दछन् ।

मुर्मा सिमि जोन घोषण भए संगै स्थलगत अध्ययन, उद्यम सिलता, क्षमता अभिवृद्धि तालिम, सिमि वालीको कटिङ्गको वारे तालिम संचालन भएको छ । यसै वर्ष यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार, सिमि खेति आधुनिकिकरण, सिचाई, प्याकेजिङ्ग, लेवलिङ्ग, ब्राण्डिङ्ग गर्ने सामाग्री वितरण र सामाग्रिको प्रयोगको वारेमा तालिम दिई कोशेली घरको स्थापन गर्ने सिमि जोन प्रमुख रायले वताए । 

यस परियोजना घोषणा भए संगै मुर्माका स्थानियहरु खुसि भएका छन् । मुर्मालाई सिमि जोन मात्र होईन पर्यापर्यटन संगै कृषि पर्यटन संग जोड्नु पर्ने र मुर्माको सिमिलाई विश्व व्यापिरुपमा बजारीकरण गुर्न पर्ने रारा पर्यटन विकास समितिका अध्यक्ष एवं मुर्माका सामाजिक अभियानता देबि कृष्ण रोकाया बताउन्छन् । रोकायाका अनुसार अफ्नो योजना मुर्मालाई नेपालकै नमुना पर्यटकिय गाउँ बनाउने भएकाले मुर्माका सबै स्थानिय एकजुट हुनु पर्ने र मुर्मालाई नमुना पर्यटकिय गाउँ बनाउन थप टेवा पुग्नुका साथै स्थानियहरुमा रोजगारी सिर्जना हुने रोकायाको भनाई छ ।

You May Also Like