कालिकोट: मासिक २४ हजार तलव, १ लाख ५० हजारको विमा

दलसिंह गिरी/कालिकोट । पलाँता गाउँपालीकाले स्थानीय सडक निर्माणका लागि कार्यदल तयार गरेको छ । 

गाउँमा कार्यदलले उपभोक्ता समिति संग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गरिरहेको छ । गाउँमै युवा स्वरोजगार सुरु भएपछि यहाँका युवा रोजगारीका लागि बिदेशीने समस्या टरेको छ । गाउँपालिकाले स्थानीय सडक निर्माण कार्यका लागि कार्यदल तयार गरेपछि रोजगारीका लागि बिदेश जाने युवाको समस्या टरेको हो ।

दक्ष जनशक्ति बाहिरीने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरीएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । खाद्यान्नकोे चरम अभाव हुने पलाँता सुख्या खडेरी क्षेत्र हो । यहाँका स्थानीयले आफ्नै खेतबारीको उत्पादन बाट तीन महिना धान्न हम्मे–हम्मे पर्छ ।

गाउँमा हुने विकास निर्माण कार्यमा काम गरे वापत कार्यदलका सदस्यहरुले मासिक २४ हजार पाउने गरेको पलाँता गाउँपालीकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए । 

कार्यदलका सदस्यहरुले दिनमा आठ घण्टा काम गरे वापत आठ सय रुपैया पाउन्छन् । कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरेका छन् ।

पौष महिनाको २४ हजार कार्यदलका सदस्यहरुले पाइसकेको अध्यक्ष बमले बताए । कार्यदलका सदस्यहरुले समाजिक लगानी कोष बापत महिनामा २ हजार जम्मा गर्ने गरेका छन् । त्यसरी जम्मा गरिएको रकम उनीहरुले बिपद् जोखिम् न्यूनिकणका कार्यमा खर्च गर्ने छन् । महिनाको २ हजार ब्यक्तिगत मुद्रती खातामा जम्मा गर्ने गरेका छन् । भविश्यका लागि कार्यदलका सदस्यहरुले ब्यक्तिगत मुद्रती खातामा जम्मा रकम गर्ने गरेका हुन् । कार्यदलका सदस्यहरुका लागि १ लाख ५० हजार दुर्घटना विमा वडा नं ९ का अध्यक्ष टक्कबहादुर बमले बताए ।

कार्यदलका सदस्यहरुले डेस पनी पाउन्छन् । कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धीत सडक निर्माण आयोजनामा नै ब्यवस्था गर्ने गरिएको छ । विदेशीने युवाहरुलाइ रोजगारी दिएर स्थानीय विकास निर्माण प्रक्रियामा सहयोग पु¥याएको नागरिक समाजका अगुवा तुलाराम पाण्डेले बताए । स्थानीय स्तरमा सहजै रोजगारी प्राप्त भएपछि युवाहरुमा जोशजागर बढेको कार्यदलका सदस्य पुर्णबहादुर बमले बताए । 

पलाँताका प्रत्येक वडा बाट दश–दश जना र गाउँपालिका अध्यक्षको सिफारिसमा दश जना गरि एक सय जनाको कार्यदल निर्माण गरिएको छ । यस कार्यले उनीहरुको ब्यक्तिगत जीवनको अलवा समाजिक कार्यमा समेत सहयोग पु¥याएको छ ।

साभारः 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like