एमालेलाई सहयोग गरेको अाराेपमा मुगु कार्मारोङ्ग गाउँपालिकाकी निमा तामाङ घर निकाला

चुनावले नेताहरुबीच मात्रै झगडा गरेको छैन, घरघरमा पनि झगडा भएको छ । फरक फरक पार्टीप्रतिको आस्थाकै कारण श्रीमान र श्रीमतीबीच झगडा कुटाकुट र घर निकालासम्म पुगेको छ । मुगुको कार्मारोङ्ग गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले श्रीमतीलाई घर निकाला गरेका हुन् ।

उनकी २६ वर्षीया श्रीमती कर्मा छुइकित तामाङ नेकपा एमाले हुन् । चुनावमा काँग्रेसलाई सहयोग नगरेको भन्दै निमाले नाबालक छोरा–छोरीसहित श्रीमतीलाई घर निकाला गरेका हुन् ।

निमाकी आमास्थानीय चुनावमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन् । उनले श्रीमतीले आमाले भनेको मान्दै एमालेलाई चुनावमा सहयोग गरेको भन्दै घर निकाला गरेको स्थानीय बताउँछन् ।

अहिले कर्मा छोराछोरीसहित छिमेकी घरमा बस्दै आएकी छन् । पछिल्लो पटक निमाले कात्तिक १२ श्रीमती कर्मालाई कुटपिट गरेका स्थानीय सोनाम तामाङले बताए ।

You May Also Like