प्रधानमन्त्री प्रचण्ड पुगे उज्जैन

काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दौरको उज्जैन पुगेका छन् । महाकालेश्वर मन्दिरमा उनलाई मध्यप्रदेशका राज्यपाल मंगु पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका छन् ।

उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नका लागि उनी त्यता गएका हुन् । प्रधानमन्त्रीले नेपालबाट लगिएको १०८ केजी रुद्राक्षले त्यहाँ विशेष पूजा गर्ने बताइएको छ । पूजापछि उनले महाकाल कोरिडरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । पूजा र अवलोकनको कार्यक्रम सकिएपछि उनी सडकमार्ग हुँदै पुनः इन्दौर फर्किने कार्यक्रम रहेको छ ।

You May Also Like