
सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको बैठक आज दिउँसो ३ः०० बजेदेखि सुरु हुने भएको छ । कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन् ।