काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वयन समितिले पार्टी नेतृत्वमा रहेको सरकारका काम कारबाहीको समर्थनसँगै खबरदारी पनि गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ ।
प्रवास समन्वयन समितिले जारी गरेको परिपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको प्रशंसा गर्दै यसको उचित प्रचार गर्न र यो कार्यप्रति प्रतिबद्धता जनाउन मातहतका निकायलाई निर्देशन दिइएको हो ।
भ्रष्टाचार विरोधी अभियानलाई आन्दोलनकै रूपमा अघि बढाउनुपर्ने र यसमा सरकारलाई खबरदारी गर्नुपर्नेमा पनि समितिले जोड दिएको छ ।