पर्सा र बारामा सुरक्षा कर्मि सहित १५६ जनामा कोरोना संक्रमित

पर्सा, 
बारा र पर्सामा गरेर १ सय ५६ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा १५६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

पर्साका १४५ र बाराका ११ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेरका छन् । ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, संचार कमि र नेपाली सेनामा समेत संक्रमण देखिएको छ । ३४ जना महिलासहित १ सय ४३ जना संक्रमित आइसोलेसनमा छन् । २ सय ४ जना महिलासहित ६१० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

१७ हजार ५ सय १ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ । शनिबार सम्म २ सय ३५ जनाको स्वाब संकलन गरिएको छ । पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको ज्यान गुमाएका छन् ।

You May Also Like