लिली बिलीको ‘इज इट लभ’ मा प्रदिपको रोमान्स (भिडियोसहित)


चलचित्र लिली बिलीको गीत ‘इज इट लभ’ सार्वजनिक भएको छ । प्रदीप खड्काको अभिनय रहेको चलचित्र लिली बिलीको प्रेम गीत सोमबार काठमाडौंमा एक विशेष कार्यक्रम गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतको छायाँकन स्कटल्यान्ड र लन्डनमा समेत गरिएको छ । गीतमा प्रदीप खड्का र जसिता गुरुङले अभिनय गरेका छन् । जसिता गुरुङले यही चलचित्रबाट डेब्यु गर्दै छिन् । मिलन चाम्सको निर्देशन तथा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सले निर्माण गरेको चलचित्रको गीतमा  नेपाल आइडलमा तेस्रो भएका प्रताप दास र मेलिना राईको स्वर रहेको छ ।

संगीत एलिश कार्कीले भरेका छन् । चलचित्रमा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुपविक्रम शाहीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् । 

 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like