माओवादीले अघि सार्यो भावी राष्ट्रपति–प्रधानमन्त्री र पार्टी अध्यक्षको नाम, एमालेले मान्ला ?

काठमाडौं। नेकपा माओवादी केन्द्रले भावी राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको नाम प्रस्ताव गरेको छ ।सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवारका रुपमा अघि सारेको हो ।

त्यस्तै, प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई र एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए । ‘बाम गठबन्धनको दुईतिहाई बहुमत आएसँगै हाम्रो भागमा परेको राष्ट्रपति पदमा बादल कमरेडलाई पठाउने समझदारी पार्टीभित्र भएको छ,’ ती नेताले भने ।

उनका अनुसार ओलीलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउनेमा माओवादी बैठकमा सबै एकमत देखिएका थिए ।

साभारः City Dainik

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like