कालिकोटमा बाम गठबन्धन अघि–अघी लोकतान्त्रीक पछि–पछी

दलसिंह गिरी/कालिकोट । प्रतिनिधि सभा र प्रदेश सभाको जारी मत गणनाको पछिल्लो नतिजा अनुसार बाम गठबन्धन भारी मतान्तरले अघि–अघी बढी रहेको छ भने लोकतान्त्रीक गठबन्धन बाम गठबन्धनलाई पछ्याइ रहेको छ । 

अहिले पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत ४ हजार १ सय ९९ मतले अग्र स्थानमा रहेका छन् भने लोकतान्त्रीक गठबन्धनका भुपेन्द्रजंग शाही ३ तीन हजार ७ सय ६ मतले पछ्याइ रहेका छन् ।

यो पनी समाचारः जुम्लामा बाम गठबन्धनलाई पछ्याउदै कांग्रेस

यस्तै प्रदेश सभाका लागि क्षेत्र नं. क बाट बाम गठबन्धनका कुर्मराज शाही ४ हजार ३ सय ५६ मतले अगाडी बढिरहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका टेकराज शाही १ हजार १ सय ९८ मत मात्र प्राप्त गरेका छन् । 

यस्तै क्षेत्र नं. ख मा बाम गठबन्धनका महेन्द्र बहादुर शाही अग्र स्थानमा रहेका छन् । उनले ३ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातीमा अग्र स्थानमा रहेका लोकतान्त्रीक गठबन्धनका कालिबहादुर सहकारी भने अहिलेको मतपरिणाम अनुसार करिव १ हजार १ सय मतले पछी परेका छन् । उनले २ हजार ४ सय ४२ मत मात्र प्राप्त गरेका छन् ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमायहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like