सुर्खेत । नेपाली कांग्रेसका प्रदेश सांसद सुरेश अधिकारीले बजेटको विषयलाई लिएर चर्को असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार कर्णाली प्रदेशसभाको २१ औँ बैठकमा कानुन र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले बजेटप्रति चर्को असन्तुष्टि व्यक्त गरे । सत्ता पक्षधर सांसद अधिकारीले बजेटमा सल्यानी जनतालाई हेपेको भन्दै माओवादीबाट बनेका मन्त्री मात्र होइन आफ्नै दलबाट बनेका मन्त्रीमाथि नै प्रश्न उठाए ।
सामाजिक विकास मन्त्रीमा काङ्ग्रेसबाट खड्गबहादुर पोखरेल छन् । उनले सामाजिक मन्त्रीलाई भने,‘ सल्यानमा १० वटा पालिका छन् । अरू सबै जिल्लामा शौचालय निर्माण, आधारभूत विद्यालयको मर्मत तथा घरबार कार्यक्रम छन् । तर, सल्यानमा छैनन् । सल्यानका सबै विद्यालयमा शौचालय छन्, घरबार भएको छ । सल्यानका केटाकेटीले राम्रो विद्यालयमा पठनपाठन गर्न पाउनुपर्दैन रु’
१० वटै जिल्लामा दिएका योजनाहरूमा सल्यान छुटेको बताउँदै उनले सल्यानले कुनै अन्याय नगरेको र आफूबाट पनि कुनै छुद्र व्यवहार नभएको बताए ।
सल्यानलाई किन अन्याय गर्नुभयो, के गरेका थिए सल्यानी जनताले भन्दै उनले मन्त्री पोखरेलको संसदमै झाँको झारे । ‘मन्त्री ज्यू हजुरको सचिवालयमा हजुरले भनेको काम नगर्ने कर्मचारी छन् कि रु म कांग्रेसको मान्छे हो । माओवादीका मन्त्रीले त सल्यानलाई हेप्नुभयो तर, काङ्ग्रेसबाट गएका मन्त्रीले हेप्ने रु म कांग्रेस हैन र रु पार्टीको सामान्य माया पनि गरिदिनुभएन,’ उनले भने,‘ कति हेप्ने हो सल्यानलाई रु हेप्नुको पनि सीमा हुन्छ नि रु कानुनभन्दा माथि यो देशको राष्ट्रपति पनि छैन । मुख्यमन्त्री, मन्त्रीहरू कानुनभन्दा माथि हुनुहुन्छ रु नीतिगत निर्णय भएका कुराहरू पनि लागू हुन्नन् । सल्यानलाई यसरी हेप्ने रु के खाइदिएका छन् सल्यानीले रु’