घोराही सिमेन्टको आईपीओ असारको पहिलो हप्ता बिक्री खुला गर्ने तयारी

काठमाडौं । घोराही सिमेन्ट उद्योगले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असारको पहिलो हप्तामै आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

घोराही सिमेन्टले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता शेयरमध्ये ६७ लाख ९१ हजार ९ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको कुल ७९ लाख ४३ हजार ८०१ कित्ता शेयरमध्ये वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि गरी कुल ११ लाख ५१ हजार ८ सय ५१ कित्ता शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि ३ लाख ९७ हजार १९० कित्ता शेयर छु६्याएको थियो भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता शेयर छुट्याएको थियो । सो शेयर खरिदका लागि देशबाहिर रहेका वैदेशिक रोजगारीमा गएका नेपालीहरूको उत्साहजनक सहभागिता रहेको पनि कम्पनीले जनाएको छ ।

नेपालको औद्योगीकीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्द्धित घोराही सिमेन्ट उद्योग क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रूपमा स्थापित कम्पनी हो ।

यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको छ ।

You May Also Like