महिला टी २० क्रिकेट: आज पुनः मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ । महिला टी–२० खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा विजयी भएको नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो ।

आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेबाट सुरु हुँदैछ। पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैछ ।

नेपाल र मलेसियाबीच हालसम्म ५ महिला टी– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ ।

You May Also Like