कर्णालीलाई सवा १६ अर्ब बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि संघबाट १६ अर्ब २७ करोड ३९ लाख बजेट प्राप्त गरेको छ ।

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि प्रस्तुत गरेको बजेट तथा कार्यक्रमअन्तर्गत कर्णालीलाई उक्त रकम विनियोजन गरिएको हो ।

वित्तीय हस्तान्तरणअन्तर्गत यो रकम विगतका तुलनामा कम हो । यसमा चालुतर्फ ११ अर्ब ८८ करोड १७ लाख र पुँजीगततर्फ ४ अर्ब ३९ करोड २२ लाख रकम विनियोजन गरिएको छ ।

यस्तै, समानीकरण अनुदानतर्फ १० अर्ब १६ करोड ४१ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ७५ करोड ३ लाख, विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख बजेट रहेको छ । यस्तै पुँजीगत प्रकृतिको समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख बजेट कर्णालीले पाएको छ ।

You May Also Like