काठमाडौँ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ। वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ मा सरसफाइ गरेको छ।
त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिषर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।
‘विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ। विसं २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो।