

अख्तियारको टोली फिल्ड अनुगमनका लागि भैरवी गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका हुँदै आइतबार ठाटीकाँध पुगेको थियो । ठाटीकाँध पुगेपछि सोही वडाका वडाध्यक्ष, पालिकाका प्राविधिक र अख्तियारको टोली खानेपानी आयोजनातर्फ निस्किेको थियो ।
‘निकै विकट र पहाडको खोँचमा पैदल यात्रा गरिरहेका थियौँ, बाटोमा ढुंगाहरु थिए,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी भेषबहादुर रिजालले रातोपाटीसँग भने,‘ त्यहीबेला माथिल्लो बाटोमा एक जना गाउँकी महिला घाँस बोकेर फर्किरहेकी थिइन् । उनी एक्कासि लडिन् र बाटोको डिलमा रहेको ढुंगा खस्न गयो । सईको टाउकोमा लागेर उहाँ घाइते हुनुभयो ।’
रिजालका अनुसार अरू व्यक्तिहरू भाग्न सफल भएको तर उनी भने भाग्न खोज्दा खोज्दै ढुंगा टाउकोमा लागेको हो । घाइते ओलीलाई एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको र उनको उपचार भइसकेको रिजालले बताए ।