दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

जाजरकोट । जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने ’boutकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने ’boutकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण गरेको उनले जानकारी दिए ।

रु ४१ लाखमा निर्माण भएको उक्त भवनमा ’boutकोटको पाटनबाट सङ्कलन गरी ल्याइएको जडीबुटी व्यवस्थापन गरिने छ । जाजरकोटबाट जुम्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा गाउँपालिकाले लिएको छ । जडीबुटी सबैभन्दा बढी पाइने पाटन ’boutकोट –४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताए ।

तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने सङ्कलनकर्तालाई सहजता ल्याउने भएको छ । भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानी पुर्याउनेदेखि कुहिने डरबाट मुक्त भएको उनले बताए । पच्चीस प्रकारका जडीबुटी ’boutकोटमा पाउने गरेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले बताए ।

जडीबुटी उत्पादन र सङ्कलनका दृष्टिकोणले ’boutकोट–४ सबैभन्दा बढी उर्वरभूमि रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा जडीबुटी सङ्कलनकर्ताबाट राजस्वस्वरुप रु ३३ लाख ७२ हजार एक सय २५ सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाको कुल भू–भागको करिब ५८ दशमलव एक सय ४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँका नौ सय ३५ जनताको मुख्य पेसा कृषि र वन क्षेत्रसँग सम्बन्धित क्रियाकलापसँग आबद्ध रहेका छन् ।

वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्वारा व्यवस्थित वन, कबुलियती वन तथा निजी वन व्यवस्थापन पद्धतिद्वारा वनको संरक्षण, संवद्र्धन तथा सदुपयोग हुँदै आइरहेको छ । जिल्लाको कुल वन क्षेत्रको ३८ दशमलव ४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा उपभोक्ता समूह गठन गरी वन व्यवस्थापन हुँदै आइरहेको छ ।

समग्र जिल्लालाई वन व्यवस्थापनको हिसाबले एक डिभिजन तथा छवटा सबडिभिजन वन कार्यालयमार्फत वन व्यवस्थापन कार्य हुँदै आइरहेको छ । सबैभन्दा बढी वन क्षेत्र ’boutकोट गाउँपालिका ९२५ दशमलव ९७प्रतिशत० तथा सबैभन्दा कम भेरी नगरपालिका ९नौ दशमलव ८९ प्रतिशत०मा पर्दछ ।

यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ । अन्य भौतिक पूर्वाधार अभावका साथै यातायात र सञ्चारको उचित विकास तथा जिल्लाको सबै क्षेत्रमा सडकमार्ग जोडिन नसकेकाले जिल्लाको विकासलाई थप कठिन बनाएको छ । प्राकृतिक सम्पदा खासगरी वन जङ्गल तथा जडीबुटी जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाका रूपमा रहेको छ । भू–उपयोगिताअनुसार भू–क्षेत्रको प्रयोगको अभावले भू–उत्पादकत्वमा कमी, भू–क्षय, बाढी, पहिरोको प्रकोप दिनप्रतिदिन बढ्दै गई भू–क्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था सिर्जना हुँदै गएको छ ।

जलवायु विविधताले प्राप्त वन, वनस्पति, जडीबुटीलगायत अन्य जीवहरूको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भू–बनोट, भिरपहरा आदिले गर्दा अपरिहार्य रहेको छ । छरिएर रहेको गाउँ बस्तीको वरिपरि रहेका वन क्षेत्रको विकास स्थानीय जनताको सहभागिताबिना सम्भव नभएकाले स्थानीय समुदायमा भएको आवश्यकता र महत्व’bout वोध गराई वन विकासकार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको ’boutकोट डिभिजन प्रमख दासले बताए ।

यसैबीच जाजरकोटको भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न संरचना निर्माणको काम जारी रहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले राताचौरमा रु आठ करोडको लागतमा कार्यालय भवन र जडीबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गरिरहेको छ ।

प्रशोधन कम्पनीको कार्यालय भवनको निर्माण गर्न ज्ञान ज्योति बिल्डर्स प्रालि कोटेश्वर–१३ काठमाडौँले जिम्मा लिएको थियो । अहिले पनि भवन निर्माणको काम चलिरहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ ।

कम्पनीले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुरलगायतका औषधिजन्य जडीबुटीको उत्पादन गर्नुका साथै प्रशोधन गरेर बजारीकरण गर्ने लक्ष्य लिएको छ । वार्षिक रु १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । वनबाट काठजन्य उद्योग सञ्चालन गरेर, जडीबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्यापर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने छ । जिल्लामा स्थापना भएको प्रशोधन कम्पनीले जिल्लामा मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा योगदान पुग्ने जनाइएको छ ।

You May Also Like