काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नक्कली भुटानी शरणार्थी प्रकरणका अतिरिक्त यसअघि चर्चामा आएका विभिन्न भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुन बमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन माग गरेको छ ।
बैठकले भ्रष्टाचार निर्मूल पार्न क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा समेत छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जेठ १ देखि काठमाडौँमा चलेको बैठक आज सम्पन्न भएको हो ।