बालकृष्ण खाणलाई पक्राउ गर्दा प्रहरीले घरको ढोका फुटायो

काठमाडौँ । प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा घरको ढोका नै फुटाएको छ । खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि पक्राउ गर्न पुगेको प्रहरी टोलीले ढोका नै तोडेको हो ।

सो क्रममा केहीबेर तनावको स्थिति बनेको बताइएको छ । प्रहरी स्रोतका अनुसार सुरुमा प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लियो । त्यसपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् ।

निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिइएको घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृतले बताए । उनले भने, ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले बुधबार चुच्चेपाटीपस्थित निवासबाट खाणलाई पक्राउ गरेको हो ।

You May Also Like