कर्णालीमा औंलोका विरामी घटदै, सुर्खेतमा सबैभन्दा धेरै

सुर्खेत । कर्णाली प्रदेशमा औंलो ‘मलेरिया’का विरामीको संख्या निरन्तर घटदै गएको छ । सन २०२५ सम्म नेपाल सरकारले नै औंलो रोग निवारण गर्ने योजना यसअघि ल्याएकै कारण अवस्था यस्तो देखिएको हो ।

आर्थिक वर्ष ०७५/०७६ मा प्रदेशभर २०८ जना औलो रोगका विरामी रहेकोमा आर्थिक वर्ष ०७३/०७७ मा घटेर ५१ जनामा झारिएको थियो । तर आर्थिक वर्ष ०७७/०७८ मा ३४ जनाबाट औलो रोगका विरामी रहेकोमा बढेर ४८ जना पुगेको थियो ।चालू आर्थिक वर्ष २०७९/८० मा पनि २३ जनामा औलो देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा कर्णालीका हुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा औलो रोगका विरामीहरू भेटिएका हुन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् १३ जनामा रोग देखिएको हो ।

त्यस्तै हुम्लामा ७ जना, कालिकोटमा २ र दैलेखमा एक जनामा औलो रोगका विरामी भेटिएको प्रदेश स्वास्थ सेवा कार्यालयका श्याम आचार्यले जानकारी दिए । चालू आर्थिक वर्षमा कर्णालीका अन्य ६ जिल्लामा औलो रोगका विरामी देखिएका छैनन् । चालू आर्थिक वर्षमा सल्यान, रूकुम पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला र मुगुमा औलोका विरामी नभेटिएका हुन् । नेपाललाई सन् २०२५ भित्र औलो रोग मुक्त पार्ने लक्ष्य राखिएको छ । तर औलो रोगीका विरामीलाई शुन्यमा झार्न सकिएको छैन ।


कर्णाली प्रदेशमा औलो रोग सम्बन्धि तालिम प्राप्त जनशक्ति नहुनु, औलो रोग उन्मुलनका लागि प्रर्याप्त बजेटको अभाव, माग अनुसार किट्नाशकयुक्त झुल र विषादी व्यवस्थापन कठिनाइ र हिमाली जिल्लामा औलोका विरामी भेटिदा नियन्त्रणमा चुनौति देखिएको प्रदेश स्वास्थ सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए । यस्तैबीच मंगलबार विश्व औलो रोग दिवस मनाइने छ । यसवर्ष ‘शून्य औलो अबको थालनी, नवीनतम् कार्य, कार्यान्वयनमा लगानी’ भन्ने मुल नारासहित औलो रोग दिवस मनाउन थालिएको छ ।

कर्णालीका दश जिल्ला मध्ये हुम्लाको ताजाकोट वडा नं। दुई, तीन चार र कालिकोटको खाँडाचक्र वडा नं। दुई उच्च जोखिममा रहेको पाइएको किटजन्य रोग अधिकृत श्यामलाल आचार्यले जानकारी दिए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर सात र भेरीगंगा सात नम्बर वडा मध्यम स्तरको जोखिममा रहेको पाइएको हो । कार्यक्रममा मन्त्रालयका चिकित्सक महाशाखा प्रमुख डा। एलएन तिवारीले लामखुट्टेको टोकाईबाट जोगिनका लागि झुलको प्रयोग गर्नुपर्ने बताएका थिए ।

You May Also Like