काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका उनको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । तर उपचारमा संलग्न चिकित्सक र आफन्तजनको सल्लाहमा उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको हो ।
रास्वपा सभापति लामिछानेले बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्क र आफन्तको सल्लाहमा काठमाडौं पठाइएको फेसबुकमार्फत जानकारी दिएका छन् ।
चितवनमा रवि लामिछाने बस्दै आएको घरको छतबाट खसेका थापा गम्भीर घाइते भएका थिए ।
उनको सोमबार नै चितवनको पुरानो मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरिएको थियो र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।