काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।