एसपीपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल भित्रिएको भन्ने कुरा मैले बोलेको चार घण्टापछि प्रमाणित भयो : प्रचण्ड


काठमाडौं, ३ असार ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डो प्यासेफिक स्ट्राटेजिक (आइपीएस) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल भित्रिएको प्रमाणित भइसकेको बताएका छन्।

चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको आगामी कार्यदिशा बिषय छलफलमा अध्यक्ष दाहालले आइपीएस र एपपीपी केपी ओलीनै छिराएको बताएका हुन्।

‘मैले हिजो एउटा कार्यक्रममा सन् २०१९ मा आइपीएस केपी ओलीजी कै पालामा भएको हो। यो एसपीपीलाई पनि केपीले नै छिराएको हो भनेर के निस्किएको थिएँ। एमालेका एक वरिष्ठ भन्नेले ल चूनौती प्रमाणित गरेर देखा भन्नुभयो। चार घण्टापछि प्रमाणित भयो’, उनले भने, ‘त्यसैले राष्ट्रवादको ढोंगको पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन अपिल गर्छु।‘

You May Also Like