जिल्ला समन्वय ममिति मुगुको प्रमुख र उपप्रमुखमा काँग्रेस


मुगु, २९ जेठ ।

मुगु जिल्लाको जिल्ला समन्वय ममितिको प्रमुखमा नेपाली काँग्रेसका मञ्जन बहादुर कार्की चयन भएका छन् । समितिको उपप्रमुखमा काँग्रेसबाटै नैली कार्की चयन भएका छन् । उनीहरु निर्विरोध चयन भएका हुन् ।

जिसस सदस्यहरुमा कांग्रेसबाट एक खुल्ला सदस्य, एक दलित अल्पसंख्यक सदस्य र तीन महिला सदस्य गरी पाँचजना निर्विरोध चयन भएका छ्न्। त्यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट एक खुल्ला सदस्य र नेकपा (एकीकृत समाजवादी)बाट एक खुल्ला सदस्य निर्विरोध भएका छन्।

काँग्रेसबाट झमुरा रावल, पंचकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक, एकीकृत समाजवादीबाट दानबहादुर रावल र माओवादी केन्द्रबाट कर्ण प्रसाद माठागाइ संज्याल सदस्यमा निर्विरोध चयन भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ।

जिल्ला समन्वय समितिमा पनि काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो।

You May Also Like