मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट


मुगु, २४ जेठ ।
मुगु जिल्लाको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । खत्याड गाउँपालिका ४ पैखु गोठीखोलामा दुई वटा घरमा आगलागी भएको हो ।
स्थानीय चुत्तबहादुर थापा र सारदा थापाको घरमा अचानक आगलागी हुँदा दुबै घर पुर्णरूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

सोमबार दिउसो १२ बजेको समयमा अचानक आगलागी हुँदा धनमालको क्षति भएको छ । स्थानीयका अनुसार दिउसोको समय भएकोले मानविय क्षति भने हुन पाएन । आगलागी कसरी भएको हो भन्ने ’boutमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

You May Also Like