बालेन्द्र साहको निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

काठमाडौं, १६ जेठ ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रममा गोपनियताको सपथ ग्रहण गरेसंगै उनले नगरपालिकाको कार्यलयमा पुगेर मेयरको कुर्चीमा बस्दै पदभार ग्रहण गरेका हुन् । सहले गोवनियताको सपथ खादा नेवारी भाषामा पनि सफत खाएका थिए ।

साहले पदभार ग्रहण गरे लगत्तै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्।

You May Also Like