गाली गर्नेलाई ३ घण्टा, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट, कसरी बोल्ने के बोल्ने भन्नेमा गाह्रो भइरहेको छ : सांसद गजेन्द्रबहादुर महत 

काठमाडौं, १४ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले संसद बैठकमा गाली गर्नेलाई तीन घण्टा र कर्णालीको आवाज उठाउनेलाई तीन मिनेटको समय दिने गरेको प्रति आपत्ती जनाएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा यसो भनेका हुन् ।

‘यहाँ गाली गर्नेलाई ३ घण्टा छ,’ उनले भने, ‘कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ । त्यसो भएकाले पनि मलाई अलि गाह्रो भइरहेको छ । कसरी बोल्ने के बोल्ने भन्नेमा गाह्रो भइरहेको छ ।’

उनले एमालेले आफूले धित मरुन्जेल बोल्ने र अरुले बोल्दा अवरोध गर्ने गरेको बताए । ‘सदनभित्र हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन कि भन्ने लाग्याथ्यो अलि ठूलो स्वर गर्‍यो भने अवरोध हुने हो कि भनेर म चिन्तामा छु उहाँहरू धित मरुन्जेल यहाँ गाली गर्नुहुन्छ तपाईंहरू धित मरुन्जेल बोल्नुहोला,’ उनले भने । त्यस्तै रोस्ट्रमबाट तालाचाबी देखाउँदै उनले भने, ‘हामी बोल्ने बेला तालाचाबी लगाइदिनुहोला, अनि जतिबेला बोल्न मन लाग्छ आउनुहोला र तालाचाबी खोल्नुहोला।’

त्यस्तै उनले संसद्‍‍मा सम्बोधन गर्दा दुइटा शब्द सच्याइनुपर्ने बताएका थिए । ‘हिजो सच्याउने कुरा आयो, यहाँ दुइटा शब्द सच्याउने पर्ने भयो दानवीर बलीको ठाउँमा दानवीर ओली राख्नुपर्‍यो सभामुख महोदय, त्यस्तै बलिदानको ठाउँमा ओलीदान बनाउनुपर्‍यो ’cause उहाँले बलिदानलाई त स्वीकार्नुहुँदैन,’ उनले भने ।

उनले सरकारलाई कृषिलाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । उनले भने, ‘पाँच लाख युवालाई १र१ लाख रुपैयाँका दरले सूर्यमुखी र भटमास लगाउन योजना ल्याउनुपर्‍यो ।’

You May Also Like