मुगुको सोरुमा जिप दुर्घटना, घाइतेको हेलिकप्टर मार्फत उद्धार

मुगु, ४ जेठ ।

मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका ६ बन्जाहाँमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी नेपाली काँग्रेस मुगुका सभापति ऐनबहादुर शाहीसहित चार जना घाएते भएका छन् ।

घाइते शाहीसहित तीनजनालाई हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत लगिएको स्थानीय हिक्मत शाहीले फारवेष्ट टाईम्सलाई जनाकारी दिए । उनका अनुसार दुर्घटना हुने जीप एलिशा स्टोरको रहेको बताएका छन् ।

घाइते हुनेमा नेपाली काँग्रेसका मुगु जिल्ला सभापति ऐनबहादुर शाही, स्थानीय नरविर शाही, र नेपाली काँग्रेस सोरु गाउँपालिकाका सभापति कुवेर शाही रहेको जनाइएको छ । उनीहरुलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

दुर्घटनाको थप जानकारी आउँन बाँकी रहेको छ । घटना’bout प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

You May Also Like