महानगर र उपमहानगरको भागबण्डाका मिलाउन सत्ता गठबन्धन दलको बैठक सुरु

रारा सञ्चार,
काठमाडौं, ५ वैशाख ।
सत्ता गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका ’boutमा छलफल हुने भएको छ ।

सत्ता गठबन्धनमा महानगर र उपमहानगर’bout आ आफ्नै दाबी छन् । आइतबारको बैठकमा माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरे पनि काँग्रेस मान्न तयार छैन । त्यस्तै ११ उपमहानगरमा पनि दलहरूका आआफ्नै दाबी भएकाले सहमति जुट्न कठिन हुँदै आएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।

You May Also Like