निर्वाचनको तयारी गर्न माओवादी केन्द्र पूर्व स्थायी समिति सदस्यको बैठक सुरु

रारा सञ्चार,
काठमाडौं, २ वैशाख ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेल’bout छलफल हुने माओवादी केन्द्रका पूर्व स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।

आठौं महाधिवेशनयता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको जनाइएको छ । माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा लागेको छ ।

You May Also Like