
आगनमा घरको सयपत्री र मखमली के गर्नु
पूरा भएन आँखाका सपना झल्झली के गर्नु
सडकमा संगै हिडेको मान्छे औकात भुलेछ,
आफ्नो भनेर सम्झे ठान्दो रहेछ हली के गर्नु
आन्दोलनका घाइतेले गुनासो गरेको सुनियो
व्यर्थ भयो खेलेर भुमिका अलि-अली के गर्नु
लुटेराहरूको देश रहेछ मेहनतको मूल्य छैन
यो देशमा बगाएको पसिना खल्खली के गर्नु
सतीले सरापेको देशमा जन्मिएर गल्ती भयो
भ्रष्टहरू नै भेट्टिन्छन हर घर हर गल्ली के गर्नु
बाध्यताले छोड्दै छुँ गाउँ घर गुजारा चल्दैन
बाँच्न मुस्किल भयो भनेर जन्मथली के गर्नु