मेरा बाहरु अनेरास्ववियू सह(संयोजक रन्जित तामाङ
फेरि तिनै झोला भिरेर परदेशिए
जो,जिवनको दुख संगै काट्न
आफ्नै बाटो-माटो आए,
नत माटोले भोक मेट्यो
नत बाटोले यतै छेक्यो,
जिवनले भन्छ देश फर्क,
बाध्यताले ठान्छ परदेश फर्क,
नत साथि सहेली गुहार लाग्छ
नत भोट दिएकाहरु आफ्ना मान्छ,
दुख बोकेर दुख सहने उनका पिडा
पाचतारेको आईसोलेसनले कसरी बुझ्ला
सिंहदरबारको नक्कली सिंहले कहिले देख्ला १
मेरा काकाहरु
आजफेरि नाकाबाट बाहिरिए
जो एकमुठी पसिना पोको पारेर
आफ्नै माटोमा रगत-पसिना पोख्न आए,