कविता

नाम :- संगिता पहरी
ठेगाना :- सिन्धुपाल्चोक 
शिर्षक :- नोबेल कोरोना

शुन्य चेतना शुन्य सुप्त सबै साधना
दुष्ट कायार् बन्यो बिस्वलाई कोरोना
मुसा, बिच्छी सक्यौ सर्प चपाउन
तर आज सकेनौ भाइरसलाई पचाउन

मनुष्यहरु बन्द कोठामा निष्कासिदै छ्न
वायु स्वच्छ भै जहातही बग्दै छन
हरियो बन झनै हरियालीले सझिएको छ
बाग्मती, बिष्णुमति पबित्र गंगा झै बगेको छ

अचानक म झस्कन्छु भोकमरीले सताउदा
मौन भै बस्ने गर्छु गरिबका रोदन सुन्दा
जिन्दगी स्वादिलो, नुनिलो अमिलो पिरोले
कहिँ कोरोना, भोकमरी कहिँ डर पहिरले

नोबेल भाइरसले कठपुतली झै नचाई रहेको छ
धनको धम्कीले विश्व जित्न खोज्नेले पनि हारेको छ
रोग होईन भोगको डर दिन दुखी निमुखा लाई
अङ्गालो हाली रुन सकेका छैनन् मृत शरीरलाई

भाईरसले धनी गरिब छुट्टाउन जानेन
ट्रम मोदी पुटिन कसैलाई ठूलो ठानेन
सारा ब्रह्माण्ड बिजेता नै ठान्ने ती मनुष्य
कता हराए खै देश हाक्छु भन्ने महासय

सफल भयौ करोडौं करोड भ्रष्टाचार गर्न
तर सफल भएनौ गरिब जनताको पेट भर्न
सक्यौ लिङ्ग छुट्याई भ्रुण हत्या गर्न
तर सकेनौ भाईसको गर्भ निरोध गर्न

You May Also Like