सिता एअरले काठमाण्डौं देखि मुगु उडान गर्दै

सिता एअरले रारा एड्भेन्चरको सहकार्यमा काठमाण्डौ देखि मुगु उडान गर्ने । सिता एअर प्रा.ली. र रारा एड्भेन्चर ट्राभल्सको सहकार्यमा काठमाण्डौं देखि मुगु सिधै हवाई उडान गरिने भएको छ । कोभिड १९ का कारण काठमाण्डौंबाट गृह जिल्ला मुगु जान नपाएका र समस्यामा परेका मुगु जिल्लाका विद्यार्थि विरामि कर्मचारी लगायत मुगुका अन्य नागरिकहरुलाई मध्यनजर गदै जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा काठमाण्डौबाट मुगु उडान गर्न लागीएको रारा एड्भेन्चर ट्राभल्सका प्रमुख देबिकृष्ण रोकायाले वताए । हवाई यात्रा गर्ने यात्रुहरुको कोरोना परिक्षणको पि.सि.आर. रिपोर्ट अनिवार्य गरिएको रोकाया बताउन्छन् ।

लामो समय भयो बन्दाबन्दी भएको सार्वजनिक यातायात चल्न सकेको छैन । विरामि लगाएत काम विशेषले विभिन्न ठाउँ जानु पर्ने जनताहरुलाई निकै शास्ती भइरहेको छ । वर्षादका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकाले सडक मार्ग भएर मुगु सम्म जान सम्भव छैन् । स्थलमार्ग भर पर्दो नभएकाले हवाई माध्यमबाट मुगु जाने व्यवस्था गरिएको हो । 

 रारा एड्भेन्चर ट्राभल्स र सिता एयरलाइन्सको सहकार्यमा गएको असार देखि नै नेपालगन्ज देखि मुगु चार्टड उडानबाट मुगुबासिहरुलाई घर फर्काउने कार्य भै रहेको छ । अब पनि निरन्तर काठमाण्डौ र नेपालगन्जबाट मुगु निरन्तर उडान गदै मुगुबासिहरुलाई घर फर्काउने कार्य निरन्तर जारि राख्ने रोकायाले बताए । सर्वसाधारणको सहजताका लागि आफूहरु सेवा गर्न तयार रहेको रोकायाको भनाई छ । यसैबीच काठमाण्डौमा समस्यामा परेका १५ जनास्थानियलाई हिजो सोमबार काठमाण्डौं देखि सिधै मुगु फर्काइएको छ ।

सम्पर्कका लागि : 9851168993/9841305032/9848365121

You May Also Like