गजल `धर्मानन्द भट्ट´

धर्मानन्द भट्ट (कंचनपुर)

यो देशका सपुत हो अब देश जाग्नु पर्छ।
हिमाल,पहाड,तराइ र मधेस जाग्नु पर्छ।

खै राजतन्त्र हार्‍यो र सामन्त आए नवीन
ढाल्नु छ सामन्तका यी अवशेष जाग्नु पर्छ।

माटो कहिल्यै नभुल्नु जीवन दिएर आफ्नो
आफ्नै कला संस्कृति भाषा भेष जाग्नु पर्छ।

देशले पुकार मागोस र मेरो रगत चढाउनु
हुँ देशभक्त युबा हरपल निमेष जाग्नु पर्छ।

हो यो मुलुक सबैको लागौ बनाउन साथी
देशका सबेत काला सब केस जाग्नु पर्छ।

You May Also Like