कैलालीमा जारी निषेधाज्ञा भदौ १९ सम्म लम्बियो

कैलालीमा लागु भएको निषेधाज्ञा भदौ १९ गते सम्म जारी रहने भएको छ । शुक्रवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिसका आधारमा निषेधाज्ञ लम्ब्याउने निर्णय आज शनिबार निर्णय गरिएको हो ।

कोरोना संक्रमणको जोखिम नघटेकाले निषेधाज्ञ थप गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा जानकारी दिए । यसअघि कैलाली जिल्लामा भदौ १४ गते सम्म निषेधाज्ञा लगाइएको थियो । कोरोना भाईरसको संक्रमण नर्फलियोस भनेर भदौ ४ गते मध्यरात देखि कैलालीमा निषेधाज्ञा लागु भएको थियो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

You May Also Like