गणेश भट्ट
भाेकाे पेट छ दर्द आज मनमा आँसू छ आँखा भरी ।
खाँदै छन् ढुकुटी कुटूकुटु गरी मूसाहरू बेसरी ।।
ब्यूझायाे सुतुवा, युवा हृदयकाे स्वतन्त्र झङ्कारले ।
देशै ध्वस्त हुने भयाे कपटिकाे दम्भीअहङ्कारले ।।
रक्षा गर्न सकेन भक्तहरुकाे भेटी भुँडिमै गल्याे ।
संक्रमीत बढेर थाम्न नसकी ईश्वर आफै ढल्याे ।।
आफै खड्ग तिखारियाे जननिकाे चाणक्यका सारले ।
रेट्याे घाँटि कती कति भुवनमा त्यै खड्गका धारले ।।
मैलाे भेल उर्लीरहेछ नदिमा सङ्ल्याे नि कस्ले भन्याे ?
कालाे बादल टाकुरा वरिपरी घुम्ने कुहीराे बन्याे ।।
दीए मुक्ति गरीबलाइ धनकाे कूबेर आफै बनी ।
चीसीएर बरफ्सरी भइदियाे प्रचण्ड गर्मी पनि ।।
गाेष्ठी नायक कृष्णले गगनमा श्रीरासलीला गरे ।
अग्नीहाेत्रि बनेर हाेम गरने पण्डित् अगाडी सरे ।।
वर्षा हुन्छ हिमालकै वरिपरी वर्षै भरी गन्गने ।
बाबू तीमि त तेजवीहिन भयाै वैद्य गुरूले भने ।।
शालीग्राम फुटेर कालि नदिमा प्रकट् जनार्दन् भए ।
सन्यास् लिन्छु भनेर नन्द सुरुमै दाैडेर काशी गए ।।
छर्दै छन् रविले प्रकाश नभमा आफै उज्यालाे बनी ।
लागे प्राण बचाउने सुदुरकाे माैका छ ऐले पनि ।।