कोरोना संक्रमितको संख्या ५१ पुग्यो, दुई नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । 

उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।

उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । 

हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

You May Also Like