मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्वा संकलनमा रोक ।

विश्व भरी महाँमारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) संग लड्न थप चुनौति हुने भन्दै मुगुम कार्मारोङ गाउँपालिकाले यस वर्ष यार्सागुम्वा संकलनमा रोक लगाउने निर्णय गरेको छ ।

मुगु जिल्लाको उत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाका सबै वडाहरुमा बहुमुल्य जिवनवुटी यार्सागुम्वा पाईन्छन् ।

वर्षेनि यार्सा संकलन गर्न मुगु, जुम्ला, हुम्ला, बाजुरा, कालिकोट, जाजरकोट लगाएत अन्य जिल्लाहरुबाट हजरौको संख्यामा आउने गर्दछन । यार्सा संगलनले हजारौ नागरिकहरुले लाभ लिने गरेका थिए ।

कोरोना संग लड्न सरकारले लगडाउन समय वढाउदै आएको छ । कोरोनाबाट हुने जोखिमलाई दृष्टिगत गरि ठुलै विपती नआउन दिनको लागी लग डाउनको पूर्ण कार्यन्वयन गर्नुको साथै यार्सा संकलन तथा निकासीको कार्य पूर्ण रुपमा रोक लगाएको मुगुम कार्मारोङ गाउँपालिका प्रवक्ता कार्मा तामाङ्गले बताए ।

तामाङ्गका अनुसार यदि केहि दिन भित्रै सरकारले लगडाउन खुल्ला गरेमा, कोरना नियन्त्र भई स्थिति सामान्य भएमा यस निर्णयमा पून विचार गर्न पनि सकिने वताए ।

 

You May Also Like