थलहबजार देखि छेडाबजार सम्माको यात्रामा सकस

जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रको मुख्य भु–भागमा जोड्ने सडक हालका शिवालय गाँउपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाँउपालिका र कुशे गाँउपालिका अन्र्तगतका स्थानीयतहका केहि भु–भागमा जोड्ने मुख्य सडक खण्डको छेडागाड नगरपालिका ५ को मुख्य बजार थलहदेखि शिवालय गाँउपालिका १ स्थित छेडाबजार सम्माको यात्रामा यात्रुहरुले निकै सास्ति र संकट झेलिरहेका छन । बर्षातको कारण यातायात बन्द रहेको १ महिना पछि मात्र असोज ४ गते देखि यातायात सुचारु भएपनि राम्र्रो सँग मर्मतकार्य नहुदा यात्रुहरु झन समस्या परिरहेको मध्यपश्चिमाञ्चल यातायात व्यबसायी संघका गाडीमालिक लालबहादुर महताराले जानकारी दिनुभएको छ । थलह बजारदेखि छेडाबजार सम्मा करिब २७ कि।मी सडक खण्डको मोर्क खोलामा, सोहि खण्डको रिठा खोला र खाराखोलामा पक्की पुल नबन्दा बर्षातमा स्थानियहरुले पैदल हिडेर छेडाबजारमा गाडी कुर्नुपर्ने बाध्यता रहेको जानकारी दिएका छन यातायात व्यवसायीहरुका अनुसार ठेक्केदार र स्थानीय सरकारको लार्पवाहीको कारण यात्रुहरुले झनझटिलो यात्रा गर्न बाध्यता रहेको महताराले जानकारी दिनुभएको छ । शिवालय गाँउपालिका १ सालतरा देखि छेडागाड नगरपालिका १ को खारा सम्मा नालीसहितको ग्रावेल गर्नेकार्य पनि बिचैमा अलपत्र परेको जानकारी दिएकाछन । ६ बर्ष देखि निर्माण थालिएको मोर्कखोलाको पक्की पुलको पनि भग्नाशेषमात्र रहेको प्रष्टै देखिएको भएपनि स्थानीय तह र जनप्रतिनिधीको ध्यान त्यसतर्फ गएको छैन । थलहदेखि सालतरा सम्माको सडक खण्डमा झरेको पहिरो र खोलाले चिरेको खाडलहरु समयमै मर्मत नहुदा यात्रुहरुले ठुलो जोखिममोल्नु परेको छ । दशै अगाडी नै सडक सुचारु भएपनि सडक मर्मतकार्य भने गतिलो नहुदा फेरी समस्या आउने स्थानीयले जनाएका छन ।

You May Also Like