मिटर ब्याज के हो ? यो कसरी फष्टाएको छ नेपालको विभिन्न शहरमा ?

लेखक : बुद्धिमान राई

मिटर ब्याज के हो ? यो कसरी फष्टाएको छ इलाम लगायत नेपालको विभिन्न शहरमा ? यसको असर के के हुन सक्छ ? लधुवित्त सहकारी संस्था ले गरेका राम्रा पक्षहरु अनि देखिएको समस्याहरु र त्यसको निराकरण के ? विगत धेरै दिनबाट मैले नजिकै बाटै नियाल्दा देखेको कमी कमजोरीहरु लाई केलाएर तपाईहरु माझ प्रस्तुत गर्न लागेको छु ।

एउटा कुनै परिवार सदस्यले विभिन्न ब्यक्ति बाट करिब ६० लाख रुपैयाँ कर्जाको रुपमा लिएर ती रकमहरु भाकामा फरफारक गर्न नसक्दा समस्याको रुपमा बाहिरियो । त्यो समस्या समाधान का उपायहरु अपनाउने प्रयत्नहरु पनि जारी नै छन् ।

तथापी त्यस्तो घटना कसरी हुन गयो ? भन्ने कुरो चाहि एकदमै सनसनीपूर्ण रुपले अहिले फैलिएको छ । बजारमा कसैसँग धितो राखेरै पनि सहज रुपले रिन पाउन गाह्रो छ । तर, मिटरब्याजको तौर तरिकाले भने बिना धितो र कागजात नगरीकन नै कर्जा लेनदेन भने फष्टाएको छ ।

यो मिटर ब्याज भनेको केहो ? यसबारे थोरै चर्चा गरौँ । मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रकृया हो । यस प्रकृया अन्तर्गत कर्जा लिने ले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सात देखि दशहजार ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुदाँ लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार आउने देखियो ।

जब कि धितो राखेर कागजात गर्दा सयकडा तीनले (३–५ %) मात्रै ब्याज पाईन्छ । यो हिसाबले धितो राख्दा मासिक तीन देखि पाँचहजार मात्रै ब्याज पाईन्छ ।

मिटर ब्याज र साधारण ब्याज को यो दुरीले एउटा सानो सानो परिवारको घरखर्च नै चल्ने भएपछि केही पैसा हुनेहरु वा अरु कतैबाट कर्जा लिएर भएपनि मिटरब्याज खान लाई मानिसहरु हौसिएर फसेको देखिन्छ । यसरी मिटर ब्याजमा पैसा खानेहरुले केसम्म गरेको देखियो भने लधुबित्तीय सहकारीमा सदस्य बनेका सदस्यहरु कै नाम बाट कर्जा प्रवाह गराएर ऋण लिएको देखिन्छ ।

केही समय अगाडी नेपालको पश्चिम महेन्द्रनगर देखि पूर्वको इलामसम्म यो विनाधितो कर्जा लिने मान्छेहरु घरपरिवार छोडेर हिड्ने देखि लिएर आत्माहत्यासम्म गरेको समाचारहरु मिडियामा आएको थियो ।

मिटरब्याजमा कर्जा लिनेले प्राय पहिला थोरै रकम बाट कर्जा लिएर आकर्षक ब्याज दिदै जाने अनि असल कर्जावाल को रुपमा प्रतिस्थापन गरेपछि कर्जाको रकम बढाएर लाने गर्दछ ।

यो मिटरब्याजमा पैसा लिदा कागज गर्ने नपर्ने, सहज रुपले साहु माहाजन को मन जित्न सकिने हुदाँ कर्जा लिनेलाई सजिलो देखिन्छ । उनीहरुले जो कोहीलाई एककान, दुईकान हुन नदिन मैले रिन लिएको कसैलाई नभन्नु । यदि कसैलाई भनेको थाहा भो भने तिम्रो पैसा पाउने छैनाँै भनेर कर्जा दिनेलाई लामो समय सम्म मानसिक चावी लगाउने गरेको पनि पाईयो ।

यता कर्जा दिनेले पनि आफूसँग भएको पैसा आकर्षक ब्याज लिएर घरखर्च धान्ने एउटा व्यवसाय नै जस्तो गरेर पटक पटक कर्जा दिने गरेको देखियो ।

तर त्यसरी कर्जा दिदा अबैधानिक हुन्छ, मेरो लगानी डुब्न सक्छ भन्ने सोँचलाई पर राखेर साँवा भन्दा ब्याजको माया भन्ने कथन आत्मासाथ गरेको देखिएको छ ।

हालसालै यो मिटरब्याज ले माथि उल्लेखित परिवार तथा कर्जा दिने ब्यक्तिहरुमा नै एकप्रकार को तनाव भएको कुरो एक भुक्तभोगी ले बताई रहेको छन् ।

सबैले यसबेला आफूले दिएको कर्जा वापतको रकम साँवा मात्रै फर्काउन सकिन्छ कि भन्ने सोच पालेर कर्जा लिनेसँग पहल गरिरहेको छ ।

तर अफसोच कर्जा लिनेले त्यो रकम कहाँ लगानी गरयो भन्ने कुरो पनि कतै देखाउन चाहँदैन ।

घरघरानाबाट असुलउपर गरिनुपर्छ भन्ने कुरो पनि उठान गर्न सकिरहेको छैन ।

यदि कर्जा लिनेले आफ्नो घरजग्गा कसैलाई दृष्टिबन्धक राखिसकेको छ भने त झन ति कर्जा दिनेहरु को बहुत ठूलो बेहाल हुने यो स्तम्भकारले देखिरहेको छ ।

अब दोस्रो विषय विनाधितो दिने लधुवित्तिय सहकारी संस्था को फाईदा, बेफाईदा र त्यसको कमजोरी पक्ष तर्फ जाऔँ ।

कुनै पनि लधुवित्तिय सहकारीको सोच नराम्रो छैन । यी संस्थाहरुले गाउँ शहरमा रहेका विपन्न परिवारको गरिवी निवारण गर्न मद्दत होस । तपाईहरु सधैँ अरुको ज्यामी हैन, तपाई आफै ज्यामी बाट मालिक बन्न सक्नुहुन्छ भन्ने एउटा अदृष्य बाटो देखाएको छ । यो एउटा राम्रो पक्ष हो । यिनै सहकारीहरुको लगानी बाट कैयौँ सदस्यहरुले आज समाजमा ज्यामी बाट मालिक बनेको पनि उदाहरण हरु तपाई, हाम्रो छिमेकमा देख्न सक्नु हुन्छ । तर केही सदस्यहरुले ति सहकारी बाट कर्जा लिएर अनुत्पादक काम मा खर्चिएको कारण त्यस्ता सदस्यहरुको घरवार आज विल्लीबाठ भएको देखिन्छ । किनभने त्यस्ता सदस्यहरुले कर्जा लिएर त्यही रकम बाट खाने, लाउने, ओछ्याउने र ओढ्ने गरेको देखिन्छ ।

तथापी कतिपयले त्यसै गरेपनि आफ्नो अन्य आम्दानी बाट ति कर्जाको साँवा ब्याज तिरीरहेको छन् । लधुवित्तिय सहकारीले कर्जा लिने सदस्यहरुको कर्जा सही ठाँउमा लगानी भए नभएको अनुगमन गरेका पनि होलान । हुन सक्छ, गाईबस्तुको लागि कर्जा लिने ले अनुगमनमा आउने लाई अर्काको गोठको गाईबस्तु देखाएर पो छलिरहेको छ कि ? नत्र कर्जावाल हरु किन घरवार त्यागेर हिडेने र आत्माहत्या गर्दैछन ? यो एउटा जटिल प्रश्न रहेको छ ।

यि सरकारी संस्था को अनुगमन टोली हरुले कर्जावालको चलाखीहरु छन कि न्याल्न जरुरी छ । अनि कर्जा लिन चाहने सदस्यको अभिभावक विदेशमा छ भने ति ब्यक्तिसँग प्रत्यक्ष फोन सम्पर्क वा सामाजिक संजालको माध्यम बाटै भएपनि क्रसचेक गरेर निजको परिवार सदस्यको कर्जा निवेदन लाई स्वीकृत गर्ने गर्नुपर्छ कि ?

यसको साथै एउटा ब्यक्तिले एउटा मात्रै सहकारीमा कर्जा लिन पाउने गरी सहकारी संस्थाहरु विच नै एउटा कार्ययोजना बने कुनै पनि सहकारीको सदस्य हरु ले अनावश्यक रुपमा कर्जा लिने बेथिती को अन्त हुन्छ कि ? भन्ने कुरो यो स्तम्भकार को विचार रहेको छ ।

यो सत्यघटना बाट निकालिएको एउटा जल्दोबल्दो समस्या हो । तसर्थ यसप्रकार को समस्या तपाई, हाम्रो घरपरिवार सदस्यहरुमा पनि आईपरेको छ कि ? अथवा आईपर्न सक्छ भन्ने कुरो लाई मध्यनजर गरेर आफ्नो परिवार, छरछिमेकलाई आजै सजक गराऔँ ।

You May Also Like