काठमाडौं, माघ १४ – नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल खेल्नको लागि दिल्ली डेयर डेभिल्सले किनेपछि देशविदेशमा चर्चा बढेकाे छ ।
सन्दीप लामिछानेको सुरुवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारुमै किन्यो । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेपछि सामाजिक सञ्जालमा सन्दीपलाई बधाइ दिनेको ओइरो लागेको छ ।
सन्दीपलाई किनेको दिल्लीले सन्दीपलाई आफ्नो क्लवबाट खेलाउन पाउनु निकै खुसीको कुरा भएको बताएको छ । दिल्लीले ट्वीटमा भनेको छ ‘सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् १७ वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो ।’
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ