६ नम्वर प्रदेशको आर्युवेदीक औषधालय दिनप्रति दिन जिर्ण बन्दै

सुर्खेत । ६ नम्वर प्रदेशमा रहेको भेरी अञ्चल आर्युवेदीक औषधालयमा बजेटको अभावका कारण दिनप्रति दिन जिर्ण बन्दै गएको छ । औषधालयका लागि सिमित वजेट आउने भएकाले विरामीलाई पनि औषधी पुर्या पुर्या दिने गरिएको छ । वर्षौ देखि विग्रियर थान्किएका औषधी बनाउने मेसिन अहिलेसम्म पनि बन्न सेकेको छैन् ।

भेरी अञ्चल आर्युवेदिक औषधालयलाई १५ सयैयामा स्तरउन्नती गरि अस्पतालकारुपमा संचालन गर्न सर्वे गरि प्रतिवेदनसमेत मन्त्रालयमा बुझाएको दुई वर्ष वितिसकेको छ । सरकारले अहिले सम्म नत विग्रेका मेसिन बनाउन ध्यान दिएको छ नत स्तरउन्नती गरि अस्पताल संचालन गर्न चासो देखाएको छ ।

सिमित स्रोत साधनमा जेनतेन गरि औषधालयबाट विभिन्न रोगका विरामीहरुको उपचार भने भइरहेको छ । आर्युवेदिक उपचार गराउन आउने अधिकाश विरामीहरुले भने अन्यत्र उपचार गराउद केहि नभएपछि यहाँ आएर निको भएको बताउछन् ।

अन्य औषधी खाँदा साइड इफेक्ट देखिए पनि आर्युवेदीक औषधीले त्यति असर नगर्ने तर रोग ढिलो भएपनि रोग निर्मुल गर्ने स्थानिय विरामी कालिबहादुर अधिकारीले बताए ।

बाथ रोगको उपचार गराइ रहेको अधिकारीले सेकाइ गरेपछि आफ्नो जोर्नी दुख्ने रोग निको भएको बताए । दैनिक ५०÷ ६० जना विभिन्न रोगको उपचार गराउन आउने यस औषधालयमा जडिवुटिको अभाव र विग्रेका मेसिन बनाउन नसकेका कारण विरामीले खोजोको जस्तो उपचार पाउन नसकेको भेरी अञ्चल आर्युवेदिक औषधालय सुर्खेतका प्रमुख डा. महेशकेसर खनालले बताए ।

सरकारले यस आर्युवेदिक औषधालयलाई छुट्याएको वजेटमा रहेर विरामीले खोजेजस्तो सेवा उपलब्ध गराउन नसकिएको उनको भनाई छ । आर्युवेदिक उपचारमा विश्वास राख्नेहरु उपचारलागि आउने गरेपनि सिमितिस्रोत साधनले सेवा दिन निकै समस्या भएको उनको भनाई छ । आर्युवेदिक औषधालयमा रहेका पाँच वटा मेसिनमध्य अहिले एउटा मेसिनले औषधी बनाउने गरेको छ । चुर्ण बनाउने मेसिनलेमात्रै काम गरेको औषधालय सुर्खेतले जनाएको छ ।

सुर्खेतमा विग्रेको मेसिन बनाउने दक्ष प्राविधिक नभएकाले विभागबाट पठाउन माग गरिएको वर्षौ वितिसक्दा समेत बनाउने प्राविधिक नपठाएको प्रमुद खनालले बताए । 

चुण बनाउने मेसिन पनि बल्लतल्ल संचालन गरिएको औषधी वितरण गरिएको मेसिन संचालनका सहयोगी सुकदेव आचार्यले बताए । उनले १५ वर्षदेखि विग्रिएका मेसिन बनाउन नसक्दा विरामीलाई मर्क परेको बताए ।

एउटा मेसिन पनि जेनतेन गरि संचालनमा रहेको उनले बताए । यस औषधालयमा कर्णालीका जडिवुटि संकलन गर्ने र औषधी बनाउन सके यस प्रदेशका विरामीहरुले सहजरुपमा सेवा पाउने डा. खनालको भनाई छ ।

प्रचुर जडिवुटिको संभावना बोकेको ६ नम्वर प्रदेशमा प्रसोधनको केन्द्र बनाएर जाने होभने दिर्घकालीनरुपमा अस्पतालनै संचालन गर्र्न सकिने उनको भनाई छ । यस औषधालयमा १ जना चिकित्सकसहित ६ जनाको दरवन्दी रहेको छ ।

Source: 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like