एका बिहानै भुकम्पको धक्का

दोलखा। दोलखा केन्द्रविन्दु भएर शुक्रबार परकम्प गएको छ । बिहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

एक महिना अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो । यो साढे २ वर्ष अघि बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like