कालिकोटको पर्यटकीयस्थल रुडुबन्चुमा गाडी गुड्याे

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–१० को रुडुबन्चुमा गाडी पुगेको छ । स्थानीय तहको सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पु¥याएको खबर आजको मालिका पोष्ट दैनिकमा छापिएको छ ।

स्थानीय तहबाट ३२ लाख रुपैयाँ विनियोजन गरेर चिल्लायादेखि निकै विकट रुपमा चिनिएको रुडबन्चुसम्म ८ किलोमिटर सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो ।

तिलागुफा नगरपालिका निकै विकट रुपमा रहेको गाउँमा आफ्नो पहिलो प्राथमिकता गाडी पु¥याउने रहेको र त्यो कामलाई सार्थकता दिन आफुले निकै मिहिनेत गरेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘नगरपालिका भित्रको निकै विकट गाउँ रुडुबन्चु हो ।’

साभारः Image result for paschimnepal.com

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like