जुम्लामा आगलागीमा परी युवाको मृत्यु

जुम्ला । चन्दननाथ नगरपालिका –४ मालाभीड गाउँमा आगलागीबाट एक जना युवाको मृत्यु भएको छ । घर नजिकैको शौचालयमा राखिएको दाउरा र पिरलमा आगलागी हुँदा ४२ वर्षीय लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

उपाध्याय शौचालय गएको समयमा एक्कसी आगलागी भई शौचालय बाहिर आउन नअपाई मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।प्रहरी नायव उपरिक्षक डा तपनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिइसके पछि शौचालयमा हेर्दा मृतक उपाध्याय भेटिएका हुन् । आगलागी’bout अनुसन्धान भइरहेको उनले बताए । प्रहरी, स्थानीय र नेपाली सेनाको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मृत्यु भएका युवाको लास कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम भएपछि दाहस्कार गर्ने तयारी भईरहेको प्रहरीले बताएको छ ।

 

                                                Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like