राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं: राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीको विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    

भेटमा राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन् ।

साथै उनले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी थिइन् ।

सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ


हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like