वि.सं. २०७४ साल पुस ४ गते। मंगलबार। इश्वी सन् २०१७ डिसेम्बर १९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– प्रतिपदा, १३:२७ बजेउप्रान्त द्वितीया। नक्षत्र– मूल, ९:५१ बजेउप्रान्त पूर्वाषाढा। योग– वृद्धि, २८:५४ बजेउप्रान्त ध्रुव। करण– वव, १३:२७ बजेदेखि वालव, २६:३३ बजेउप्रान्त कौलव। आनन्दादिमा छत्र योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ५० पला।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । बैदेशिक कार्य भने अघी बढ्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाज सेवामा मनलाग्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धार्मिक यात्राको योगछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । दिनको उत्तरार्ध सुखद रहनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । हानि हुने र धनखर्च हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । रमाइलो यात्राको योग रहेको छ । शुभ कार्यको चर्चा चल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्य्सिद्धि हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।