चिन्नुहोस् ! यी हुन ७ वटै प्रदेशका मुख्यमन्त्रीका दावेदारहरु (विस्तृतमा)

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक राजधानीका लागि आन्दोलन र चक्काजाम सुरु भइरहँदा मुख्य मन्त्री बन्न पनि नेताहरुबीच दौडधुप तीब्र भएको छ ।

मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेस देशका सातवटै प्रदेशको मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएको अवस्थामा एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरु आकांक्षी देखिएका हुन् ।

वाम गठबन्धन बनाएर चुनाव लडेपछि दुईतिहाइ बहुमत ल्याएका यी दुई दलले प्रदेशको मुख्यमन्त्री पनि भागवण्डा गर्ने तयारी गरेका छन् । जसमा प्रदेश १, ३, ४ र ५ एमालेको भागमा पर्ने करिब पक्का जस्तै छ भने ६ र ७ मा माओवादी केन्द्रले दाबी गरिरहेको छ ।

अर्कातिर प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेकाले उनीहरु नै सरकार निर्माणको तयारीमा छन् । यो अवस्थामा प्रदेश १ देखि ७ सम्मका मुख्यमन्त्रीका दाबेबार अनुहार’bout हामी यहाँ चर्चा गर्दैछौँ ।

प्रदेश १ : शेरधन र भीम

प्रदेश नम्बर १ मा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सचिव भिम आचार्य मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा रहेका छन् । राई भोजपुरको प्रदेश सभा(ख) बाट निर्वाचित भएका हुन् भने आचार्यले सुनसरी क्षेत्र नम्बर १(ख) बाट चुनाव जितेका छन् ।

९३ सिट रहेको प्रदेश १ मा ५२ सिट जित्दै एमालेले बहुमत ल्याएको छ । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले १५ सिट जितेको छ । एमालेको एकल बहुमत भएको अवस्थामा यहाँ वाम गठबन्धनको दुईतिहाइ बहुमत हुन्छ ।

प्रदेश २ मा राउत र सोनाल

मधेसवादी दलको झिनो बहुमत रहेको प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमका नेता लालबाबु राउत मुख्यमन्त्रीका दाबेदार छन् । त्यसैगरी राजपाका महासचिव मनिष सुमन र नेता जितेन्द्र सोनलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ ।

प्रदेश २ मा प्रत्यक्षमा फोरमले २० सिट र राजपाले १५ सिट जितेको छ । राजपा र फोरम दुवैले समानुपातिकमा ९-९ सिट पाउने सम्भावना छ । यो अवस्था यहाँ दुई दलको बहुमत पुग्छ । प्रदेश २ मा प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी कुल १०७ सिट छ ।

प्रदेश ३ मा महिलाको दाबेदारी

अन्य प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको चर्चा न्यून रहेका बेला प्रदेश नम्बर ३ मा भने महिलाको बलियो दाबेदारी छ । प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीमा महिलाको नाम चर्चामा आएको हो ।

काठमाडौं क्षेत्र नम्बर ८(ख) बाट विजयी अष्टलक्ष्मी शाक्य प्रदेश ३ को मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा देखिएकी छन् । मुख्यमन्त्री हुने चाहनामा नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य प्रदेश सभाबाट चुनाव लडेकी हुन् ।

शाक्यका साथै प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ र केशव स्थापित पनि चर्चा छन् । प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ । ११० सिट रहेको यहाँ एमालेले मात्रै ५९ सिट जित्दा माओवादी केन्द्रले २४ सिट जितेको छ । यो अवस्थामा यहाँ वाम गठबन्धनको मात्रै दुईतिहाइ हुन्छ ।

प्रदेश ४ मा दुई गुरुङ

प्रदेश ४ मा मुख्यमन्त्रीका लागि एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र अर्का नेता किरण गुरुङ दाबेदार छन् । एमाले सचिव गुरुङ लमजुङ प्रदेश सभा(ख) बाट बिजयी भएका हुन् । अर्कातिर किरण गुरुङ तनहुँ क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका छन् । ६० सिट रहेको प्रदेश ४ मा एमालेले २७ र माओवादी केन्द्रले १२ सिट जितेको छ । यो प्रदेशम वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रदेश ५ मा शंकर पोखरेल बलियो

प्रदेश नम्बर ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीमा प्रबल दाबेदार हुन् । उनी दाङ क्षेत्र २(क) बाट विजयी भएका हुन् । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्रीको लागि दाबेदारी प्रस्तुत गरेका छन् । कुल ८७ सिट रहेको प्रदेश ५ मा एमालेले ४४ सिट जित्दा माओवादीले २२ सिट जितेको छ । प्रदेश ५ समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रदेश ६ मा शाही र भण्डारी

प्रदेश नम्बर ६ मुख्यमन्त्रीमा लागि माआवोदी केन्द्रका नेता महेन्द्रबहादुर शाही र नरेश भण्डारी प्रमुख दाबेदार छन् । शाही कालिकोट प्रदेश सभा(ख)बाट निर्वाचित भएका हुन् भने भण्डारी जुम्ला प्रदेश सभा(क) मा बिजयी भएका हुन ।

यहाँ एमाले नेता प्रकाश ज्वाला र यामलाल कंडेलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ । प्रदेश ६ मा समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ । ४० सिट रहेका प्रदेश ६ मा एमालेले २० सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट जितेको छ ।

प्रदेश ७ मा वीरमान र कर्णबहादुर

माओवादी भाग पर्ने सम्भावना रहेको प्रदेश नम्बर ७ मा वीरमान चौधरी मुख्यमन्त्रीको लाइनमा छन् । चौधरी कैलाली क्षेत्र नम्बर ३(क) बाट निर्वाचित भएका छन् । एमालेका नेताहरु कर्णबहादुर थापा, दीर्घ सोडारी र प्रकाश शाह लगायतको नाम समेत मुख्यमन्त्रीको चर्चामा छ ।

मुख्यमन्त्रीको चर्चामा रहेका एमालेका केन्द्रीय सदस्य थापा समानुपातिक सूचीमा छन् । कुल ५३ सिट रहेको प्रदेश सातमा एमालेले २४ सिट जितेको छ भने माओवादीले १४ सिट जितेको छ । प्रदेश ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ । सात प्रदेशमध्ये प्रदेश नम्बर ३ बाहेक अरु कुनै प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको नाम चर्चामा समेत छैन । – अन्नपूर्ण

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

CLICK HERE: Radio Mugu FM 107.4 MHZ Mugu, Nepal (LIVE)

 

You May Also Like