गुजरात र हिमाञ्चलमा भाजपाले सरकार बनाउने, गुजरातमा कांग्रेसले सिट बढायो

भारतको गुजरात राज्यमा फेरि पनि भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाउने भएको छ । दुई चरणमा भएको विधानसभा चुनावको मतगणना सोमबार भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले सबैभन्दा धेरै सिटी जितेको हो । एक सय ८२ सिटका लागि भएको चुनावमा गएको २२ वर्षदेखि सत्तामा रहेको भाजापाले ९९ सिट जितेको छ । भाजपा विजयी धेरै सिटमा विजयी भएपनि उसले सन् २०१२ चुनावमा जति सिट जित्न भने सकेन ।

राहुल गान्धीको फेरिको चुनाव प्रचार शैली र भाषणको प्रभाव तथा युवा नेताका कारण कांग्रेसले भाजपासँगको दूरी कम गर्न सफल भएको छ । कांग्रेसले गुजरात विधानसभाका ७७ सिटमा जित हाँसिल गरेको छ । भाजपाले स्पष्ट बहुमत ल्याए पनि कांग्रेसले चार वर्षअघिको चुनावमा भन्दा १६ सिट बढी जितेको छ ।

सन् २०१२ मा कांग्रेसले ६१ सिट जितेको थियो भने भाजपाले एक सय १७ सिट जितेको थियो । गुजरातको कुल एक सय ८३ विधानसभा सिट मध्ये एक सय ८२ का लागि चुनवा भएको हो । एक सिटमा मनोनयन गर्ने व्यवस्था रहेको छ । यस्तै हिमाञ्चलमा पनि बिजेपीले सरकार बनाउने भएको छ । ६८ विधानसभा सिट रहेको हिमाञ्चलमा बिजेपीले ४४ तथा कांग्रेसले २१ सिट जितेको छ । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like